देशमा पछिल्लो समय युवाहरु बढ्दो रुपमा विदेसिएको यर्थाथलाई समेटेर यहीँ देशमा नै पसिना पोखौ यहीं माटोमा सुन फलाउन सकिन्छ भन्ने मुल नारा सहितको देशभक्तिपूर्ण भावनाले ओजपूर्ण स्वदेश गीत बजारमा आएको छ ।
उक्त गीतको शब्द सृजना प्रगतिवादी गीतकार तथा कवि आविष्कार कलाले गरेका हुन । उक्त गीतमा गायक राजन पालुङ्गा लिम्बुको स्वर रहेको छ भने सङ्गीत तथा सङ्गीत संयोजन कृष्णभक्त राईको रहेको छ । उक्त गीतमा गायक राजन पालुङवाले नै अभिनय गरेका छन ।
उक्त म्युजिक भिडियो मुकुम्लुङ Mukumlung युटुव च्यानलबाट शुक्रबार भिडियोको गीत सार्वजनिक भएको छ। उक्त गीतको छायांकन र सम्पादन झस्केला क्रिएसनले गरेका छन ।