Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कारखानामा आगलागी हुँदा ६ को मृत्यु

भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।

छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् । यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान सवा २ बजेबाट आगलागी सुरु भएको थियो ।

कारखाना बन्द रहेको र कामदार सुतिरहेको समयमा आगो लागेको बताइएको छ । आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।