Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चलचित्र ‘रक्तबीज’ निर्माण हुँदै

निर्माता संजय न्यौपानेले नयाँ सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै न्यौपानेले सिनेमा निर्माणको घोषणा गरेका हुन् । 

चलचित्रमा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए ।  डार्क एक्सन जानरामा निर्माण हुने चलचित्रको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए । संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । 

अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडि नै कथा सुनाएको र आफूलाई स्क्रिप्ट र भूमिका मन परेकाले काम गर्न तयार भएको बताए ।