Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।

भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए। उनका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको उनले बताए।

हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै यो सँगै परम्परागत गीत सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा लागेका छौँ । यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए । योमरी पून्हीको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए ।

उनका अनुसार हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ आफूहरूले उक्त कार्यक्रम गर्न लागेको समेत उनले जानकारी दिए।