जी नेपाल म्युजिक प्रणालीको प्रस्तुतिमा प्रेमा शेर्पा चतौलिहवामा द्वारा निर्मित 'घर मेरो कर्णाली प्रदेश-२-(फुल्दै र हजारी फूल) देउडा गीत गत शुक्रबार सार्वजनिक भएको छ।
कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका-०६ माल्कोट घर भई बिगत ३/४वर्ष देखि पोखरालाई कर्मथलो बनाई बसेका, गीत संगीतका पारखि, समाजसेवी, पत्रकार शेर बहादुर विश्वकर्माले सुदूर कर्णालीकी चर्चित मोडल झरना बोहरासँग उक्त गीतबाट डेब्यु गरेका छन् ।
गीत काठमाडौ को मुर्चुङ्गा रेकर्डिङ स्टुडियो रेकर्ड भएको। चर्चित युवा सर्जक तथा गीतकार लोकेश गोरल लाउरेको शब्दसंगीत रहेको उक्त गीतमा चर्चित देउडा दोहोरी गायक छत्र शाही र प्रेमा शेर्पा चटौतले आवाज दिएका छन् । सो भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका थिए भने छायांकन अमृत उपाध्यायले त्यस्तै गीतको एरेन्ज मिक्सिङ संजय श्रीपालले गरेका हुन्।

सुदुर र कर्णालीलाई नियालेर त्यहाँको कला संस्कृतिलाई जगेर्ना गर्न र आम दर्शक श्रोताहरूलाई मनोरञ्जन दिन उक्त देउडा गीतको निर्माण गरिएको प्रोडक्सन टिमले जिकिर गरेका छन। आधा दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेकी गायिका प्रेमा शेर्पा चटोत एक दशकदेखि काठमाडौमा बस्दै आए पनि पुर्ख्यौली घर सुदूरपश्चिम कैलाली भएको र सोही अनुरुप त्यहाँको कला संस्कृतिको निकै माया लाग्ने र त्यसलाई आफूहरुले नै जगेर्ना गर्नुपर्ने उनले बताए।
झरना बोहोरा र शेर ब. बिश्वकर्माले अभियन गरेको टिपिकल देउडा (घर मेरो कर्णाली प्रदेश-२) गीत Prema Sherpa Chataut
युटुव च्यानलबाट गत शुक्रबार सार्वजनिक भएको हो। उक्त गीतको छायांकन कर्णाली चिसापानी र अत्तरिया मा भएको हो।