Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

पहिलो दिन कति कलेक्सन गर्‍यो प्रभासको फिल्म ‘सलार’ले?

बलिउड सिनेमा ‘सलारले’ बक्सअफिसमा लोभलाग्दो कलेक्सन सुरु गरेको छ । 

दक्षिण भारतीय अभिनेता  प्रभास अभिनीत ‘सलार’ले पहिलो दिन १७८.७ करोड कलेक्सन गरेको छ । भारतीय बक्सअफिसमा मात्रै ‘सलार’ले ९६ करोड कलेक्सन गरेको छ ।  यो कलेक्सन शाहरुख खानको ‘डंकी’को भन्दा धेरै हो । ‘डंकी’ले पहिलो दिन घरेलु बक्सअफिसमा ३० करोड ओपनिङ गरेको थियो । 

‘सलार’ शुक्रबारबाट प्रदर्शनमा आएको हो ।  शाहरूखको ‘डंकी’ बिहीबारदेखि प्रदर्शनमा आएको थियो ।  प्रशान्त नीलले निर्देशन गरेको ‘सलार’मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ ।