Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

राजकुमार शशंकरको 'मदानी' बोलको गीत सार्वजनिक(भिडियोसहित)

गायक राजकुमार शशंकरको 'मदानी' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन्। 

मदानी गीतको भिडियो राजकुमार शशंकर यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो। जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ।  विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत ​​चापागाईले गरेका हुन्। 

याेभन्दा अघि सार्वजनिक भएकाे गायक राजकुमार शशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।