Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सागर सुब्बाद्वारा निर्देशित नयाँ चलचित्र 'लोजिमा'को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सागर सुब्बाबाट निर्देशन रहेको नयाँ चलचित्र लोजिमाको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा एक जोडीको प्रेममा अर्की युवतीको प्रवेशपछी माया प्रेममा आउने उताव चढाव र लिम्बु सांस्कृतिक र सामाजिक बिषयलाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा नायिका बिमला लिम्बु निशाम तुम्बापो लगायतको कलाकारहरुले गरेको उत्कृस्ट अभिनयले सबैको मन जितेको छ । पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको चलचित्रको बिशेष प्राविधिक सहयोगी निर्देशक बसन्त अधिकारी हुनुहुन्छ । सम्पादन संजय अधिकारी र पाश्य संगीत अशोक राइको रहेको छ भने साउण्ड डिजाइन मानशी किरण र डिजाइन आइडियल डिजाइनका निर्देशक सुन्दर श्रेष्ठले गर्नु भएको हो। सर्बोकृस्ट रास्ट्रिय सास्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आउनु भएका निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृतिमा आधारित चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।

चलचित्रको कलाकारहरुमा बिमला खजुम लिम्बुको आलवा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू ज्ञानु खम्दाकलगायत रहेका छन ।

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सन भिजन नेपाल फिल्मस र डबि ङ एम के प्रोडक्सन मा भएको हो ।

चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ पौष ८ गते सिक्किममा हुदैछ। लोजिमाको ग्राण्ड प्रिमियर पछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी स्थानमा प्रदशन हुने मिति र स्थानको पक्का भईसकेको छ । साथै युके, कोरिया, हङकङ मलेशिया लगायत अन्य देशहरुमा पनि क्रमश प्रदशन हुनेछ । चलचित्र भनेको केवल मनोरन्जन मात्र नभएर चेतना र सन्देश पनि हुनुपर्छ भन्ने कुरामा निर्देशक सगर सुब्बा सचेत रहनु भएको छ ।