Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

बहुप्रतिभाका धनि निर बिरही रानामगरको 'करिमको खेल' सार्वजनिक (भिडियोसहित)

बहुप्रतिभाका धनि सर्जक, गीतकार, संगीतकार निर बिरही राना मगरको लय तथा शब्दमा, गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापामगरको आवाजमा रोमान्टिक तथा भावुकताले भरिएको टिपिकल लोक तथा दोहोरी गीत,'करिमको खेल'को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बहुप्रतिभाकाधनि सर्जक गीतकार संगीतकार निर बिरही राना मगर,भन्छन… गीत सबैलाई मन पर्छ, गीतमा हामीले रोमान्टिक र भावुकतालाई समावेश गरेर बनाईएका हौँ आशा छ, अन्य गीतहरुलाई मन पराए जस्तै यो गीतलाई स्रोताले र भिडियोलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा म ढुक्कछु,।

गीतमा अरेन्ज बिलन थापा मगरको रहेको छ भने, गीतलाई बिनोद परियारले रेकर्डीङ गरेका हुन्, भने बिमल छिनालले मिक्सिंग मास्टरिङ गरेका हुन्,। गीतको भिडियोमा निर्देशक निरेन श्रेष्ठको निर्देशन, नितिन वाईवा तामाङको नृत्य निर्देशन, राम केसीको छायांकन, कल्पेश बिश्वकर्मा सम्पादन रहेको छ । गीतको भिडियोमा पुष्पा परियार र कुमार सुनेलको नृत्यसहित दमदार अभिनय रहेको छ ।

गीतको भिडियोलाई दर्शित म्युजिक एण्ड मिडियाले पोस्ट प्रोडक्सन गरेको छ, गीतको भिडियोलाई chiranjivi bhandarai अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त रमाईलो गीतको भिडियो ।