गायक राजन पालुङवा लिम्बूको नयाँ गीत 'तिम्रो माया' को म्युजिक भिडियो सार्वजनिक भएको छ । ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ८ दोखुमा जन्म भई हाल काठमाडौं बस्दै आएको गायक राजन पालुङवा लिम्बूले २०५५/५६ साल देखि नै नेपाली गीत संगीतमा लागेका हुन् । राजनले ३ दर्जन भन्दा धेरै गीतहरु गाई सकेका छन् । गायक राजन पालुङवाले नै गाएका 'तिम्रो माया' म्युजिक भिडियोमा पनि गायक राजन पालुङवा र कविता आङबुहाङ पालुङवाको अभिनय गरेका छन स्क्रिन शेयर गरेका छन ।
गायक राजन पालुङवाले अहिले मुकुम्लुङ अनलाइन युट्युब च्यानल संचालनमा ल्याएका छन । यस च्यानलको संचालक गायक राजन पालुङमा हुनुहुन्छ भने कम्पनीका प्रबन्ध निर्देशक कबिता आङ्बुहाङ्ग पालुङवा हुन् । यस च्यानलमा स्वयम गायक राजन पालुङवाको गीतहरु साथै लिम्बू भाषाका मौलीक गीतहरु पालाम,हाक्पारे, ख्याली जस्ता विभिन्न गीतहरु त्यस्तै गरी चर्चित गायक गायीकाहरुको स्वरमा (आवाजमा) मुकुम्लुङ च्यानलले प्रसारण गर्दै आएका छन ।
ताप्लेजुङ आईडल सिजन ३ का बिजेता तेजन सुनुवारको पहिलो साङ्गितिक कोसेली तिम्रो तस्बिर मुकुम्लुङ युटुब च्यानल मार्फत भर्खरै सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायीका रचना रिमालले साथदिएकी छिन भने, शब्द युगल सुनुवारको रहेकोछ र सङ्गीत भक्त सुनुवारले गरेका छन ।