Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सस्पेन्स थ्रीलर कथामा चलचित्र ‘११ः५५’ निर्माण गर्ने घोषणा

नेपाली चलचित्र ‘११ः५५’ को निर्माण घोषणा भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निर्माण टिमले ‘११ः५५’ को औपचारिक घोषणा गरेको हो ।

Photo (3).jpg

केशव पाण्डेको निर्देशनमा तयार हुने चलचित्र सस्पेन्स थ्रीलर कथाबस्तुमा आधारित रहने जनाइएको छ । चलचित्रमा कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ ।  एमएस अग्रज कार्यकारी निर्देशक रहेको चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन् ।

Photo (2).jpg

चलचित्रमा अल्मोदा राना उप्रेती र कुशल आचार्यको संगीत रहने छ भने कोरियोग्राफी कबिराज गहतराजको रहनेछ । चलचित्रश निबारबाट फ्लोरमा जाने जनाइएको छ ।