Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

चलचित्र ’रङ्गेली’ को पोस्टर सार्वजनिक

 फागुन पच्चिस गतेबाट विश्वव्यापी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिएकी छन् ।  मिरुनालाई ’जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले आज सार्वजनिक गरेको छ ।

’रङ्गेली’निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरेका छन् ।  सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता र चलचित्रको सुशन प्रजापतिले छायांकन गरेका छन् ।  चलचित्रको अस्ट्रेलिया अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर गराई अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न देशमा एकसाथ रिलिज गरिने चलचित्र निर्माण टिमले जानकारी दिएको छ। Muruna as Junkiri solo poster.jpg