Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

२० वर्षयता नेपालको यात्रा हेर्नलायक छ: महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको बताएका छन् । मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 “नेपालको पछिल्लो २० वर्षको यात्रा हेर्नलायक छ,” उनले भने । नेपालले गणतन्त्र र नयाँ संविधान जारी गरेर उल्लेख्य प्रगति गरेको उनले बताए ।

दिगो विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको उनले उल्लेख गरे ।