Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

दयाहाङ र दियाको फिल्म 'दयारानी' माघमा प्रदर्शन हुने

दयाहाङ राई र दिया पुन अभिनीत फिल्म 'दयारानी' को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो। 

यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ।   माओत्से गुरुङ निर्देशित फिल्मलाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई र दिया पुनसँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको पनि अभिनय छ। गुरुङ समुदायमा दयालु यूवतीलाई 'दयारानी' भनिने भएकाले फिल्मको नाम 'दयारानी' राखिएको हो।  फिल्मले एउटा खराब श्रीमान र उसकी श्रीमतिको कथा भन्छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।