Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

 जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता रहेका छन् ।

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचारका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा हिजो बाटोमै र सुस्मिताको आइतबार बेलुका नै मृत्यु भएको थियो । बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेतले बताए ।

उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो ।