Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

एशियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत क्वार्टर फाइनल खेलमा भारतविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले भारतका ऋतुराज गायकवाडलाई क्याच आउट गरेका हुन् ।

९.५ ओभरमा नेपालले पहिलो सफलता निकालेको हो । नेपालविरुद्ध भारतले विष्फोटक ब्याटिङ गरिरहेको छ । पाँच ओभरमै भारतले ६१ रन जोडेको थियो । ११ ओभरको खेल सकिँदा भारतको खातामा १ सय ११ रन छ ।

भारतका ओपनर यशस्वी जैसवाल शानदार लयमा छन् । उनी ३७ बलमा ७९ रन जोडेर खेलिरहेका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किएका छन् भने विनोद भण्डारीलाई बेञ्चमा राखिएको छ ।