Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसियाली खेलकुदमा सहभागी नेपाली महिला फुटबल टिम स्वदेश फर्कियो

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी भएर नेपाली महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियाडमा सहभागी भएर सोमबार स्वदेश फर्किएको नेपाली टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

महिला फुटबलमा नेपाली टिम जितविहीन बनेको थियो । नेपालले पहिलो खेलमा भियतनामसँग २–० को र दोस्रो खेलमा जापानसँग ८–० को फराकिलो हार बेहोरेको थियो । अन्तिम खेलमा बंगलादेशसँग भने १–१ को बराबरी खेलेपछि नेपालले समूह ‘डी’मा एक अंक जोडेको थियो । 

यो समूहबाट जापानले क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपालसँगै भियतनाम र बंगलादेश भने पहिलो चरणबाटै बाहिरिए ।