सबै नागरिकले देख्नेगरी अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा जानकारी हुने गरि राखिने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिअनुसार देशका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्थाहरु उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्नेगरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने उल्लेख छ ।