Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाली पुरुष भलिबल टिमको चुनौती समाप्त

इरानसँग ३–० को सोझो सेटमा पराजित भएपछि चीनमा जारी १९औँ एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको छ ।होङझाउस्थित चाइन टेस्क्सटायल सिटी सेन्टरमा भएको खेलमा इरानले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा नेपालले आफ्नो प्रदर्शनलाई सुधारे पनि हार टार्न भने सकेन । दोस्रो सेट २५–१५ ले जितेको इरानले तेस्रो सेट २५–१३ ले जितेपछि पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको हो । समूह ‘बी’ मा रहेको नेपाल यसअघि आफ्नो पहिलो खेलमा बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो । समूहबाट शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । एसियन खेलकुदको आधिकारिक उद्घाटन असोज ६ गतेदेखि हुने भए पनि मंगलबारबाट विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भइसकेको छ ।