Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने

वीर अस्पतालमा अब हप्तामा तीन दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ । यसअघि एक दिन मात्रै हुँदै आएको प्रत्यारोपण असोज १ गतेबाट सोमबार, बुधबार र शुक्रबार हुने अस्पतालले जनाएको छ । त्यस्तै, यसअघि तीन दिन मात्रै हुँदै आएको युरोलोजीसम्बन्धी शल्यक्रिया अब शनिबारबाहेक सबै दिन हुने भएको छ । युरोलोजीको ओपीडी सेवा भने आइतबार, मंलबार र बिहीबार हुने अस्पतालले जनाएको छ । सबै विभागको शल्यक्रिया सेवा दिनहुँ सञ्चालन गर्ने पनि तयारी भइरहेको अस्पतालका निर्देशक डा। सन्तोष पौडेलको भनाइ छ ।