Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेइमारको टिम अल हिलाल हारबाट जोगियो

ब्राजिलियन फरवार्ड नेयमारको टिम अल हिलाल एएफसी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । सोमबार राति उज्वेकिस्तानी क्लब नामांगमले साउदी प्रो लिगको क्लब अल हिलाललाई उसैको घरमा बराबरीमा रोकेको हो । साउदी अरेबियाको रियादस्थि किङ फहाद रंगशालामा दुवै गोल दोस्रो हाफमा भएको थियोे । टोमा टादाटाद्जीले ५२औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा अली अल बोलेहीले गोल गर्दै घरेलु टिमलाई हारबाट बचाएका थिए । यो बराबरीसंगै समूह ‘डी’ मा रहेका दुवै टिमले समान एक अंक जोडेका छन् । यो समूहमा अल हिलाल र नामांगमसँगै भारतीय क्लब मुम्बई सिटी एफसी र इरानी क्लब एफसी नासाजी माजानदारन छन् ।