१६ औं संस्करणको एसिया कपको उपाधी भारतले जितेको छ । फाइलनमा श्रीलंका भारतसँग १० विकेटले पराजित भएको हो।
भारतका तीव्र गतिका बलर मोहम्मद शिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा समेटिएको थियो।

शिरासलाई हार्दिक पाण्डेयले साथ दिँदै ३ विकेट लिएका थिए। एक विकेट जसप्रित वु्रराहको नाममा रहेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले ६.१ ओभरमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पूरा गर्दै उपाधि जितेको हो। भारतका लागि शुभमन गिलले २७ तथा ईशान किशनले २३ रन जोडे।
एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतपछि श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ गरी ६ पटक उपाधि जितेको छ । पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको हो ।