Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मस्कोको लडाइँलाई पूर्ण समर्थन छ: किम जोङ उन

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बुधबार रुसी अन्तरिक्ष केन्द्रमा एक घण्टाभन्दा बढी समय वार्ता भएको छ । अमेरिकी अधिकारीहरूले दुई नेताबीचको हतियार सम्झौतामा युक्रेनविरुद्ध प्रयोग गर्न मस्कोलाई प्योङयाङले हतियार उपलब्ध गराउन सक्ने टिप्पणी गरेका छन् । पुटिनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उत्तर कोरियालाई भूउपग्रह र रकेट प्रक्षेपण गर्न रूसले मद्दत गर्ने बताएका छन् । यस्तै किमले आफू सधैँ रुसको साथमा रहने बताएका छन् । उनले रुसको ‘पवित्र लडाइँलाई आफ्नो देशले ‘पूर्ण र बिनासर्त मद्दत’ गर्ने टिप्पणी गरेका छन् । यसअघि उत्तर कोरियाले बुधबार बिहान दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । रुसले उत्तर कोरियाली नेता किम जोङ उनको भ्रमणको सम्मानमा बुधबार भव्य आधिकारिक रात्रभिोजको आयोजना गरिरहेको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, पुटिन र किमले कुनै कागजातमा हस्ताक्षर गर्ने योजना नरहेको बताएका छन् ।