अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली मुलुक जापानले जर्मनीमाथि सानदार जित निकालेको छ ।
जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा जर्मनीलाई ४–१ ले गोलले हराउँदै जापान विजयी भएको हो । जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले एक–एक गोल गरेका थिए ।
जर्मनीको लागि लेरोए सानेले एक गोल फर्काएका थिए ।