Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

धनगढीमा डेंगु सङ्क्रमण: बालिकाको मृत्यु

कैलालीको धनगढीमा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगु सङ्क्रमणबाट ज्यान गएको हो। केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो।