Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक

मनसुनका बेला लुगा सुकाउन हुने झन्झटलाई लक्षित गर्दै सिजी मेरिडिया (CG Meridia) ले नेपाली बजारमा नयाँ फ्रन्ट लोड वाशर ड्रायर (मोडेल: CGMWD107DD) सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ वाशर ड्रायरले एउटै मेसिनबाट लुगा धुने र सुकाउने सुविधा उपलब्ध गराउने भएकाले वर्षायाममा घाम नलाग्ने, लुगा नसुक्ने तथा ओसिलोपनका कारण गन्ध आउने समस्याको समाधान गर्ने लक्ष्य राखिएको छ।

१० केजी धुने र ७ केजी सुकाउने क्षमता भएको यस उपकरणमा डाइरेक्ट ड्राइभ (DD) मोटर जडान गरिएको छ। बेल्ट र पुल्लीविनाको उक्त मोटरले कम आवाज र कम्पनका साथ सञ्चालन हुने तथा ऊर्जा बचत गर्ने कम्पनीको दाबी छ। मोटरमा १० वर्षको वारेन्टी पनि प्रदान गरिएको छ।

कम्पनीका अनुसार वाशर ड्रायरमा स्मार्ट ड्राइङ सिस्टम जडान गरिएको छ, जसले बाहिरको मौसम जस्तोसुकै भए पनि मेसिनभित्रै लुगा पूर्ण रूपमा सुकाउने सुविधा दिन्छ। त्यस्तै, Ag+ स्टेरिलाइजेसन र यूभी लाइट स्टेरिलाइजेसन प्रविधिले ब्याक्टेरिया र ढुसीजन्य गन्ध हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। एन्टी–ब्याक्टेरिया ग्यास्केटले मेसिनको ढोकामा फंगस लाग्न नदिने दाबी पनि गरिएको छ।

यसमा रहेको अटो डोज प्रणालीले लुगाको तौल र फोहोरको मात्रा अनुसार आवश्यक डिटर्जेन्ट स्वतः प्रयोग गर्ने सुविधा दिएको छ भने सुपर स्पा, जेट स्प्रे र इन्टेलिजेन्ट वासिङ सिस्टम ले कपडाको प्रकारअनुसार पानी र धुने समय मिलाउने सुविधा रहेको कम्पनीले जनाएको छ। सिजीका अनुसार आकर्षक डार्क ग्रे रंग र ५२० एमएमको ठूलो ढोकासहित उपलब्ध यो वाशर ड्रायरले समय र मेहनत दुवै बचत गर्दै मनसुनमा लुगा धुने र सुकाउने कामलाई सहज बनाउनेछ।

कम्पनीले उक्त उत्पादन देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुम, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीको वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।