Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गणेश नेपालीको परिवारलाई गगन थापाले दिए १ लाख राहत

नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ राहत दिएका छन्।

सभापति थापाले गणेशका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मुगुको सोरू गाउँपालिका—१ का २५ वर्षीय गणेश आत्मदाह प्रयासपछि उपचारका क्रममा हालै वीर अस्पतालमा निधन भएको थियो।