Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छोडिदिनुस् !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् । 

उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै डा. केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् ।

‘विगतका सरकारमा तपाईँले पटक पटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो’, सांसद कार्कीले भनेकी छन्,‘जनताको सुन्छ, तपाई जस्तो निस्वार्थ विज्ञको पनि सुन्छ। भयो सर, अनसन छोडिदिनुस्, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईँका जायज मागहरूमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ ।’

डा. केसी बिहीबारबाट धनगढीमा अनसन बसेका छन् ।