काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवतीको हत्या भएको छ। नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेको हो।
कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी सुनुवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।
साउन ३ गते कोठा सफा गर्ने क्रममा गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर हेर्दा पलङमुनि सड्न लागेको अवस्थामा शव भेटिएको हो ।
हत्यामा संलग्न आशङ्कामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ४ जना पुरुष र एक जना महिला छन् ।
उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।