Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)  अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई रु. ५०,००,००० (पचास लाख मात्र) नगद सहयोग प्रदान गरेको छ।
 
उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपालीको उपस्थितिमा, प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले  संस्थाका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरे ।
 
बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित KIOCH हाल नेपालमा आधुनिक बहु-विशेषज्ञ (multi-specialty) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ। 
 
यस संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ।
 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यस सहयोगमार्फत बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक पूर्वाधार विकासमा टेवा पुर्‍याउन तथा भविष्यमा हजारौं बालबालिका र परिवारलाई लाभान्वित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
 
कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै क्रममा गरिएको उक्त सहयोगले संस्थाको सामाजिक प्रतिबद्धता, विश्वास र जिम्मेवारीप्रतिको समर्पणलाई थप सुदृढ बनाउने कम्पनीले विश्वास लिएको छ।
 
साथै, कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय क्षेत्रमा थप सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।