काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै सडकमा हुन सक्ने जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको हो ।
प्रहरीका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना प्रकाशित गरी राजमार्ग सञ्चालनमा आएको जानकारी गराइनेछ ।
थप जानकारीका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ।