अबिरल बर्षाका कारण खोलामा आएको बाढीले ट्रक बगाएको छ।
हेटौंडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले चालकसहित ट्रक बगाएको हो।
ना ७ ख ७६५ नम्बरको ट्रक सिमेन्ट फ्याक्ट्रीमा ढुंगा अनलोड गरेर फर्कँदै थियो। खोला तर्न ह्युम पाइप हालेर बनाइएको कल्भर्टमा पानीको वहाब बढ्न गई ट्रक नै बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ट्रक बगाएपछि चालक भने पौडिएर आफै निस्केका थिए। उनी चितवनको रत्ननगर नगरपालिका-१३ का ३४ वर्षीय दीपक थिङ हुन् ।
उनको खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि चौघडास्थित मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ।