एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् ।
आइतबार राति १० बजे काठमाडौं आइपुगेका उनलाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अध्यक्ष कान्डासँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्नेछन् भने प्रधानमन्त्री शाहसँग मंगलवार भेटघाट गर्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।