Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

विश्वकप लिग–२ को तयारीमा नेपाली टोली, क्यानले गर्‍यो बिदाइ

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत हुने सिरिजका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी रहने उक्त सिरिज जुलाई २१ देखि सुरु हुनेछ । त्यसअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम रूप दिनेछ ।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको बताए । उनले पछिल्लो सातादेखि टोलीले विशेष रूपमा फिटनेस र खेल रणनीतिमा ध्यान केन्द्रित गरेको जानकारी दिए ।