ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन्। नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो ।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन् ।