नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६१५ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।