Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

साउन १ गतेदेखि काठमाडौंमा ८ वटा ‘ब्लू बस’ सञ्चालन हुने

काठमाडौं उपत्यकामा साउन १ गतेदेखि पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको हो। 

पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए। 

प्रारम्भिक चरणमा लगनखेल–बूढानीलकण्ठ रूटमा दुई वटा र थानकोट–नागढुंगा–विमानस्थल रूटमा दुई वटा बस सञ्चालन गरिने छ।

यस्तै, चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछन्। जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।