नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनलाई बिहीबार तेस्रो पटक म्याद थप भएको हो।
यसअघि असार १५ गते उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। त्यसअघि असार ९ गते ७ दिनका लागि म्याद दिइएको थियो।