Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै धर्म हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिड्न प्रेरित गर्ने बताए । उनले भने, ‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।’

photo-1_3a1dfb35.jpeg

राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दिर्भक हुँदै गएको बताए । उनले भने, ‘खासगरी समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ । किनकी यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एउटा विश्वव्यापी अभियान पनि हो जसका सदस्यहरू समाज रुपान्तरणको सत्कार्यमा सक्रिय छन् ।’ 

photo-2_28386ece.jpeg

कार्यक्रममा १४ जना पूर्वडिस्ट्रिक गर्भनर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।