Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

विष्णु पौडेलको रिटमा दीपक भट्टको फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले  व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको हो । 

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको थियो । 

गत बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो ।

पौडेललाई विशेष अदालतले शुरुमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा सोमबार तीन दिन म्याद थप गरेको छ । 

पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।