सोमबार पनि सेयर बजार घटेको छ । गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबारको दिन सोमबार पनि १६.५४ अंकले घटेको हो । नेप्से २६३२ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । आज जम्मा २ अर्ब ६७ करोडको भयो। २९ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने ६ को स्थिर रह्यो । आज बजार दिनभरजसो रातो अंकमा रह्यो ।
सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा १.३९, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४ तथा फाइनान्स १.१३ प्रतिशत घटे । बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे ।
४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत बढेका कम्पनीमा स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त छन् । मूल्य १५ प्रतिशत बढ्नेमध्ये ३ कम्पनी हालै सूचीकृत भएका हुन् । त्यस्तै लक्ष्मी सनराइज बैंकको २.६४, नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशत मूल्य बढ्यो ।
स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशत घट्यो । सोपान फर्मास्युटिकल्सको ४.५०, एसियन हाइड्रोपावरको ४.४० तथा शिखर पावरको ३.७९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् छन् ।