Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शेयर बजारमा सामान्य गिरावट, नेप्से २६४९ विन्दुमा

नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज शुक्रबार नेप्से २   अंकले घटेर २६४९.५१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५९ कम्पनिका ७७ लाख २७ हजार ६४९ कित्ता शेयर ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२  मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, म्युचुअल फन्द, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी स्नो रिभरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ  ।  त्यस्तै आज सबै भन्दा बढी कालिका लघुवित्तको शेयर १०.७६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई डिभेन्चर २०८६/८७ को ३३ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई डिभेन्चर २०८४/८५ को २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।