Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

सुन महँगियो, चाँदी सस्तो, कति छ तोलाको ?

नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर तोलाको ४९९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०१५ मा कारोबार भएको थियो ।