नेपालमा स्वास्थ्यप्रति सचेत र सक्रिय जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित Huawei को आधिकारिक वितरक Call Mobility Pvt. Ltd. ले नयाँ स्मार्टवाच HUAWEI WATCH FIT 5 सार्वजनिक गरेको छ। कम्पनीले देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रम आयोजना गर्दै उक्त स्मार्टवाच नेपाली बजारमा भित्र्याएको हो।
फिटनेसप्रेमी, स्वास्थ्य सचेत व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा व्यायाम, संगीत र अत्याधुनिक प्रविधिको संयोजन प्रस्तुत गरिएको थियो। Meltdown Nepal सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम काठमाडौंको Club Nova मा सम्पन्न भएको थियो।
कार्यक्रमस्थललाई फिटनेस तथा लाइफस्टाइल केन्द्रका रूपमा सजाइएको थियो, जसले HUAWEI WATCH FIT 5 को सक्रिय, स्टाइलिस र आधुनिक जीवनशैली झल्काउने विशेषताहरूलाई प्रतिबिम्बित गरेको थियो। स्टाइलमा सम्झौता नगरी स्वास्थ्यप्रति सचेत रहन चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको यो स्मार्टवाच हलुका, आकर्षक र आधुनिक डिजाइनका साथ बजारमा आएको छ।
स्ट्र्यापबाहेक करिब २७ ग्राम तौल र ९.५ मिलिमिटर पातलो डिजाइन रहेको WATCH FIT 5 दिनभर सहज रूपमा लगाउन सकिने कम्पनीको दाबी छ। यसमा १.८२ इन्चको AMOLED डिस्प्ले रहेको छ, जसले अधिकतम २,५०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने भएकाले चर्को घाममा पनि नोटिफिकेसन, स्वास्थ्य विवरण तथा वर्कआउट डाटा स्पष्ट रूपमा हेर्न सकिन्छ।
स्मार्टवाचमा समावेश Mini-Workout Assistant ले छोटो समयमै शरीरलाई सक्रिय र ऊर्जावान बनाउन मद्दत गर्छ। यसमा घाँटी, काँध, ढाडलगायत शरीरका १० विभिन्न भागलाई लक्षित ३० वटा निर्देशित व्यायाम समावेश गरिएको छ, जसका लागि कुनै अतिरिक्त उपकरण आवश्यक पर्दैन।
ब्याट्री क्षमताका हिसाबले WATCH FIT 5 ले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा Always-On Display प्रयोग गर्दा ४ दिनसम्म ब्याट्री ब्याकअप दिने कम्पनीले जनाएको छ। वायरलेस चार्जिङ, Bluetooth र NFC सपोर्टसहित उपलब्ध यो स्मार्टवाच Android 9.0 वा सोभन्दा माथि तथा iOS 13.0 वा सोभन्दा माथिका स्मार्टफोनसँग सहज रूपमा सञ्चालन गर्न सकिन्छ। साथै, इनबिल्ट स्पिकर र माइक्रोफोनले प्रयोगकर्तालाई थप सुविधाजनक वेयरेबल अनुभव प्रदान गर्छ।
स्वास्थ्य निगरानीका लागि यसमा उन्नत Optical Heart Rate Sensor सहित Accelerometer, Gyroscope, Magnetometer, Ambient Light Sensor, Barometer तथा Temperature Sensor जस्ता आधुनिक सेन्सरहरू समावेश गरिएको छ।
यसै अवसरमा Huawei ले नेपाली बजारमा HUAWEI FreeClip 2, HUAWEI FreeBuds 7i र HUAWEI FreeBuds SE 2 पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी नयाँ अडियो डिभाइसहरूले प्रयोगकर्तालाई स्मार्ट, सहज र उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्नेछन्।
मूल्य सूची
HUAWEI WATCH FIT 5 – रु. २७,९९०
HUAWEI FreeClip 2 – रु. ३३,९९०
HUAWEI FreeBuds 7i – रु. १७,९९०
HUAWEI FreeBuds SE 2 – रु. ७,४९०
नयाँ उत्पादनहरूको सार्वजनिकसँगै Huawei ले नेपाली बजारमा स्वास्थ्य, फिटनेस तथा स्मार्ट वेयरेबल प्रविधिको विस्तारमा थप ध्यान केन्द्रित गरेको संकेत दिएको छ।