गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सरकारको आय-व्ययको (अनुमान) विवरण प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब २ करोड बढी हो । चालु आवमा सरकारले ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट ल्याएको थियो ।