नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्रीहरुको उपस्थित नभएको भन्दै छलफलमा भाग लिन अस्वीकार गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज प्रतिनिधि सभामा ७ मन्त्रालयको छलफल जारी रहेकोमा दुई मन्त्री मात्र उपस्थित भएपछि सांसद राईले मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै बोल्न अस्वीकार गरेका थिए । मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेकोले राईले अडान नछोडेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।