Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत वातावरणमैत्री यातायात र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने सन्देश दिइएको नाडाले जनाएको छ ।

र्‍यालीमा दिपल, भोल्टस, कामा, एम्पीएर, स्काइवर्थ, फ्युचरमोर्टस, नामी, टियागो ईभी र सुजुकी लगायतका ब्रान्डका विद्युतीय सवारीसाधन सहभागी भएका थिए । कार्यक्रमलाई टाइम्स बिजनेश स्काइवर्थ तथा नेपाल जिवन बिमा कम्पनी ले सहयोग गरेका थिए ।

नाडा सचिवालय टेकुबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली र कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो । र्‍यालीमा सहभागी ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्वअध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलाल ले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए भने र्‍यालीको समग्र व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पाल ले गरेका थिए । नाडाले ‘नाडा ग्रीन ड्राइभ २०२६’ लाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सदस्य तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ । साथै, यस्ता कार्यक्रमले हरित यातायात, स्वच्छ ऊर्जा र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।