Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा सुरेश काफ्ले

गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको छ । जेठ १८ मा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरुवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट अन्यत्र काज सरुवा गरिएको छ । उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ ।

काफ्ले विशेष ब्युरोमा कार्यरत थिए । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जबाट उपत्यका ट्राफिकमा सरुवा भएका कोइरालाको सरुवा करेक्सन गरेर उनलाई विशेष ब्युरोमा पठाउने निर्णय गरिएको छ ।