Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पहिलो हाफमा नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा

साफ महिला च्याम्पियनसिपको जारी सेमिफाइनल खेलको पहिलो हाफको खेल सकिएको छ ।

भारतको गोवामा जारी खेलको पहिलो हाफमा नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका छन् ।

नेपाली महिला टिमले खेलको २३औं मिनेटमा गीता रानाको गोलमा बंगलादेशविरुद्ध १-० को अग्रता लिएको भएपनि बंगलादेशले खेलमा कमब्याक गर्दै बराबरी गोल गरेको छ ।