Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै

दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् । 

नेपालमा उनी चार दिन बस्ने बताइएको छ । उनको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापाले अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् । 

दुई जना बिचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको नेपाली दूतावास स्रोतले जनाएको छ ।